परिचय

दक्षिण एशियाली देशहरुमा वर्डफ्लुको प्रकोप देखा परे पश्चात सन् 2005 मा भएको सार्क - एफ.ए.ओ. एक्स्पर्ट लेभेल मिटिङ ले ट्रान्स बाउन्डरी एनिमल डिजिज (टि.ए.डि.ईस) सँग लड्न दक्षिण एशियाली राष्ट्रहरुको समन्वयात्मक भूमिकामा जोड दियो । फलस्वरुप वंगलादेशको ढाकामा सोहि वर्ष भएको 13 औं सार्क शिखर सम्मेलनले एफ.ए.ओ.-ओ.आइ.ई. ग्लोबल फ्रेम्वर्क फोर प्रोग्रेसिभ कन्ट्रोल अफ ट्रान्स बाउन्डरी एनिमल डिजिज (जि.एफ.-टि.ए.डि.ईस) लाई स्विकृत गर्यो । यस महत्वपूर्ण कार्यको अभिभारा बहन गर्ने कार्य सार्क राष्ट्र प्रमुखहरुको आग्रहमा नेपाललाई दिइयो र नेपालले सो पुरा गर्ने  वचनबद्धता  देखायो । त्यसै कार्यका लागि प्रोजेक्ट प्रोपोजल फोर रिजनल कोओपेरसन प्रोग्राम अन हाइली प्याथोजेनिक र इमर्जिङ डिजिज (एच.पि.ई.डि.हरु) ईन साउथ एसियाको तयारी गरियो जसलाई सन् 2010 को भुटानको थिम्पुमा भएको 16 औं सार्क शिखर सम्मेलनले अनुमोदन गर्यो । लगत्तै नेपालले आफूले गरेको वचन वद्धता अनुसार सार्क. आर. यस. यू. को स्थापना काठमाडौंमा गर्यो ।

ताजा जानकारी

विवरण उपलब्ध छैन ।