सार्क राष्ट्रका प्रमुख पशु चिकित्सकहरु बीच पशु स्वास्थ्य सञ्जाल सुदृढ गर्ने, क्षेत्रीय योजनाहरुलाई अभिभावकत्व प्रदान गर्ने र व्यापार सहजीकरण गर्ने सम्बन्धी साझा अवधारणा बनाउन पुलको काम गर्ने । OIE, FAO जस्ता पशु स्वास्थ्य सँग सम्बन्धन राख्ने निकायहरु तथा अन्य दातृ निकायहरुको दक्षीण एशियाली क्षेत्रमा पशु रोग रोकथामको लागि ध्यानाकर्षण गरि सो कार्यमा संलग्न हुन उत्प्रेरित गर्ने । प्रयोगशालाको क्षमता अभिवृद्धि गरि पशु रोगहरु सम्बन्धी रोग निदान, खोज अनुसन्धान तथा प्रविधि तथा सूचना प्रसार कार्यमा बढावा दिने, सार्क क्षेत्रका प्रयोगशालाहरु बीच सूचना आदानप्रदान गर्न सहजीकरण गरी पशु रोग तथ्याङ्क व्यवस्थापन र ईपिडेमियोलोजिकल अध्ययन गर्ने । सिमाविहिन, महामारीजन्य तथा आर्थिक रुपले महत्वपूर्ण पशु रोग रोकथाम तथा उन्मूलनको लागि क्षेत्रीय रणनितीहरु तयार गर्ने ।